मेरो बारेमा
प्युठानका विद्यालयमा शिक्षणका वर्षहरू, योग्यता र पढाउने विषय।
परिचय
म प्युठानकी सरकारी विद्यालयकी प्राथमिक तह तृतीय श्रेणीकी स्थायी शिक्षिका हुँ। हाल श्री शिशु कल्याण आधारभूत विद्यालय, स्वर्गद्वारी-८, दहचौरमा पढाउँछु।
सरकारी सेवाअघि मैले सनराइज बोर्डिङ स्कुल र श्री माण्डवी माध्यमिक विद्यालयमा पढाएँ। शिक्षक सेवा आयोगको परीक्षामार्फत स्थायी शिक्षिकामा नियुक्त भई २०७९ चैत २३ गते श्री नेशनल आधारभूत विद्यालय, स्यानीलेखमा पदस्थापना भएँ, र २०८१ माघदेखि सरुवा भई शिशु कल्याण आधारभूत विद्यालयमा छु।
पढाउने विषय
- गणित
- स्वास्थ्य
- सामाजिक अध्ययन
प्राथमिक तहमा विषय तोकिएको हुँदैन, आवश्यकताअनुसार जुनसुकै विषय पनि पढाउँछु।
शिक्षण यात्रा
२०८१ माघ – हालसम्म
श्री शिशु कल्याण आधारभूत विद्यालय
स्थायी शिक्षिका · प्राथमिक तह, तृतीय श्रेणी · स्वर्गद्वारी-८, दहचौर, प्युठान
सरुवा भई आएकी
२०७९ चैत २३ – २०८१ माघ
श्री नेशनल आधारभूत विद्यालय
स्थायी शिक्षिका · प्राथमिक तह, तृतीय श्रेणी · स्वर्गद्वारी-५, स्यानीलेख, प्युठान
शिक्षक सेवा आयोगको परीक्षामार्फत नियुक्ति; पहिलो पदस्थापना
२०७४ कात्तिक ८ – २०७९ फागुन
श्री माण्डवी माध्यमिक विद्यालय
शिक्षिका · माण्डवी-३, प्युठान
१ वर्ष
सनराइज बोर्डिङ स्कुल
शिक्षिका
शैक्षिक योग्यता र अनुमतिपत्र
स्नातक: स्वास्थ्य तथा जनसंख्या
त्रिभुवन विश्वविद्यालय
माध्यमिक तह (मा.वि.) शिक्षक अध्यापन अनुमतिपत्र
शिक्षक सेवा आयोग